सुनसरी क्षेत्र नम्बर १ मा कोइराला–पौडेल समूहको वर्चस्व

सुनसरी — सुनसरी क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको निर्वाचनमा पौडेल–कोइराला समूहले वर्चस्व कायम राखेको छ । निर्वाचन परिणामअनुसार पौडेल–कोइराला पक्षका सुजेन्द्र गोले तामाङको प्यानल विजयी भएको छ । 

सुनसरी क्षेत्र नम्बर १ मा कोइराला–पौडेल समूहको वर्चस्व

धरान सभागृहमा सम्पन्न निर्वाचनमा तामाङले खसेको कूल ६१७ मतमा ३९३ मत प्राप्त गर्दै विजयी भए । संस्थापन पक्षका सभापतिका उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत मात्र पाइन् । सचिवमा तामाङ प्यानलका महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । संस्थापन पक्षका देवेन्द्र लिम्बूले २९३ र जयबहादुर लिम्बुले १७२ मत मात्रै पाएर पराजित भए । सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाउँदै विजयी भए । सोही पदमा संस्थापन पक्षका नवीन ढकालले १६१ र नारद राईले २०७ मत मात्र पाए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लातर्फ उमेश थापा, पर्वतकुमार राई, चन्द्रशेखर लामा, चन्द्रप्रसाद श्रेष्ठ, तिलक राई, सन्दीप श्रेष्ठ, तुलसीप्रसाद गौतम, विकास आचार्य, दिपेशजंग बस्नेत र विनोदकुमार राई विजयी भए । केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिलातर्फ चित्रकुमारी राई, निल कुमारी गिरी, ममता तामाङ मगर र श्यामा रेग्मी विजयी भए । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा प्रत्यक्ष महिलातर्फ आराध्यदेवी राई, प्रत्यक्ष खुल्लातर्फ उमेश पौडेल, आशिष कटुवाल, सम्पूर्ण ताम्राकार विजयी भए । खसआर्यतर्फ लोकमणि शर्मा, आदिवासी जनजाति महिला तर्फ पुष्पा राई र शोभा पुलामी निर्विरोध निर्वाचित भए । आदिवासी जनजाति खुल्लातर्फ अतुल श्रेष्ठ र मच्छिन्द्र राईले विजयी भए । दलिततर्फ किशोर विश्वकर्मा र अल्पसंख्यकबाट प्रदीप राई नाछिरिङ निर्विरोध निर्वाचित भए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि आदिवासी जनजाति महिलातर्फ कृष्णकला लिम्बु, निर्मला शाक्य र पुजाकुमारी धामी, आदिवासी जनजाती खुल्लातर्फ सुवास राई, रोहित सुब्बा र रविकुमार राई, खसआर्य महिलातर्फ ललिता शर्मा, खस आर्य खुल्लातर्फ जगतबहादुर कार्की, मधेसी खुल्लातर्फ राजु शाह, दलित खुल्लातर्फ सन्तोष विश्वकर्मा, अल्पसंख्यक, मुस्लिम अपाङ खुल्लातर्फ अनिल अग्रवाल प्रिन्स विजयी भए ।

प्रकाशित : मंसिर ८, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?