कांग्रेसको तेह्रथुम सभापतिमा अर्जुन तुम्बाहाङ्फे निर्वाचित

चन्द्र कार्की

तेह्रथुम — नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तेह्रथुम जिल्ला अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार अुर्जुन तुम्बाहाम्फे निर्वाचित भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय उम्मेदवार कमल ढुंगानालाई भारी मत अन्तरले पराजित गर्दै तुम्बाहाम्फे जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । 

कांग्रेसको तेह्रथुम सभापतिमा अर्जुन तुम्बाहाङ्फे निर्वाचित

विजयी तुम्बाहाम्फेले ४ सय ५० मत प्राप्त गरेका छन् भने ढुंगानाले २ सय ३६ मत मात्र प्राप्त गरे । कूल मत ७ सय ३३ मध्ये ७ सय ६ मत खसेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उपसभापतिमा मचिन्द्र सुब्बा र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन् । सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे निर्वाचित भए । केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ तुलसी सुब्बा, केदार ढुंगाना, गणेश बिमली, सन्तोष सुब्बा, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, उद्धव तिम्सीना, भिष्म थपलिया, हरी डांगी र अर्जुन मावोहाङ निर्वाचित भएका छन् ।

क्षेत्रीय अधिवेशनदेखि नै देउवा र पौडेल पक्षीय प्यानल बनाएर प्रतिस्पर्धामा होमिएका नेताहरु जिल्ला अधिवेशनमा पनि सोही प्यानल खडा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रकाशित : मंसिर ८, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?