पाँचथर कांग्रेसको सभापतिमा रुपनारायण जवेगु निर्वाचित

पाँचथर — नेपाली कांग्रेस पाँचथरको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् । संस्थापन पक्षनिकट उनी पौडेल–सिटौला निकट उम्मेद्वार सुरेन्द्रकुमार दाहाललाई २ सय १८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मंगलबार साँझ ९ बजे सकिएको मतगणनाको परिणामअनुसार जवेगुले ६ सय ३४ मत ल्याउँदा दाहालले ४ सय १६ मत प्राप्त गरेका थिए । जवेगु यसअघि जिल्ला सचिव थिए । उपसभापतिमा बृजहाङ आङदेम्वे र डिकेन्द्रकुमार चेम्जोङ, सचिवमा दीपक नेपाल र डेकेन्द्रकुमार तामाङ तथा सहसचिवमा सन्तोष श्रेष्ठ र गजेन्द्र राई निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ । कांग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिवमा २–२ जना निर्वाचित हुने प्रावधान छ ।
महाधिवेशन प्रतिनिधिमा नरेन्द्रकुमार केरुङ, ओनाहाङ नेम्वाङ, मित्रप्रसाद काफ्ले, छवि बास्कोटा, पूर्ण तुम्बापो, सुमन लामा, वीरेन्द्रकुमार खड्का, गोपालप्रसाद पोखरेल, केदारनाथ बास्कोटा, गंगाबहादुर आङदेम्वे, चन्द्रसुन्दर खेवाङ, कान्ता रिजाल, कौशिला गुरुङ, जनिमाया थापा मगर, गंगामाया थेगिम आङदेम्वे, देशु सुहाङ, आशा आङदेम्वे, देवित्राकुमारी आङदेम्वे, मधु जवेगु, डीबी गुरुङ, ताराहाङ तावा, बम लावती, हरिराज आङदेम्वे, विमल धमला र नवीनचन्द्र ढुंगेल निर्वाचित भएका छन् ।
प्रकाशित : मंसिर ८, २०७८ १०:५३