कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनसरीका युवक ताप्लेजुङमा मृत, १२ जना पक्राउ

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका ४ साँवामा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत एक युवकको शव मृत भेटिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रबत्ता कैलाश कुमार अधिकारीका अनुसार उनीहरुलाई सदरमुकाम फुङलिङ ल्याइएको छ । 

सुनसरीका युवक ताप्लेजुङमा मृत, १२ जना पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका ३ का अर्पण याक्खा सोमबार मृत भेटिएका थिए । जन्मदिनको पार्टी मनाउन गएका उनी मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो । जाहेरी दिन परिवारका सदस्य आउने क्रममा रहेको र पक्राउको क्रम जारी रहेकाले बुधबार बिहानसम्ममा विस्तृत विवरण सार्वजनिक गर्ने अधिकारीले वताए । अर्पणको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले उनको हत्या आसंकामा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा सोमबार बेलुका भएको आगलागीमा ३२ लाख ३९ हजार मूल्य बराबरको क्षति भएको छ । बेलुका ९ बजे भाङटार चुवाका चेतन याक्सोको घरमा बिजुली सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

३ र २ तले दुईवटा घरमा रहेको नगद १ लाख ६४ हजारसहित सुन, चाँदी, खाद्यान्न, फर्निचर, टेलिभिजन, मोबाइल लगायतका सम्पूर्ण सामग्री जलेको रेडक्रस सोसाइटी हाङपाङका सभापति नरेन्द्र अधिकारीले जनाएका छन । रातको समयमा अकस्मात आगलागी भएपछि कुनैपनि सरसामान निकाल्न नपाएको स्थानियले जनाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?