२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विवाद भएपछि ओखलढुंगामा कांग्रेसको मतदान रोकियो

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ओखलढुंगामा दुई पक्षबीच विवाद भएपछि मतदान रोकिएको छ । निर्वाचन समितिले छापेको मतपत्रकै आकार, रङ र एकपक्षीय उम्मेदवारको नाममा रेजा लगाएको मतपत्र फेला परेपछि दुई पक्षबीच विवाद भएको हो ।

विवाद भएपछि ओखलढुंगामा कांग्रेसको मतदान रोकियो

ओखलढुंगामा जिल्ला सभापतिका लागि तेजन खनाल र बालकृष्ण दाहाल प्यानलसहित प्रतिस्पर्धामा छन् । खनाल सभापति शेरबहादुर देउवानिकट उम्मेदवार हुन् भने दाहाल वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

खनाल पक्षले निर्वाचन समितिले प्रयाेग गरेकै आकारको मतपत्रमा रेजा लगाएकाे मतपत्र बाँडेको हो । विवादपछि उत्पन्न तनावपूर्ण अवस्थाका कारण मतदान रोकिएको नेपाल प्रेस युनियनका नेता खिला कार्कीले जानकारी दिए । उनका अनुसार उम्मेदवारहरुले अर्को मतपत्र छपाई गरेपछि मात्रै मतदानमा जान सकिने शर्त अघि सारेका छन् । निर्वाचन अधिकृत उज्वलराम श्रेष्ठ भने त्यसबारे बोल्न चाहेनन् ।

प्रकाशित : मंसिर ७, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?