कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सोलुखुम्बुमा छोराछोरीमाथि एसिड प्रहार

भानुभक्त निरौला

सोलुखुम्बु — आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् ।

अत्यधिक मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भएपनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

अभियुक्तलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । जिल्लामा एसिड प्रहारको यो पहिलो घटना हो ।


प्रकाशित : मंसिर ७, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?