ओखलढुंगाको दुवै प्रदेश क्षेत्रमा देउवा पक्ष विजयी

ओखलढुंगा — जिल्लाको दुईवटै प्रदेश क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष विजयी भएको छ । आइतबार भएको मतदानको परिणाम सोमबार आएको हो । जसमा प्रदेश क्षेत्र ‘क’ मा सन्तोषबाबु थापा र ‘ख’ मा आश्रचन राई विजयी भए ।

थापाले ३ सय ६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कोइराला–पौडेल प्यानलका होमबहादुर कार्कीले २ सय ७७ मत ल्याए । त्यसैगरी आश्रचन राईले ३ सय ३४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कुलबहादुर श्रेष्ठले २ सय ९१ मत ल्याए ।

प्रदेशसभा ‘क’ मा संस्थापन पक्षले 'क्लिन स्विप' गरेको हो । प्रदेशसभा ‘ख’ मा कोइराला–पौडेल समूहका विन्दा बोगटी र गोविन्द गिरिले प्रदेश प्रतिनिधिमा निर्वाचित भए । मंगलबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका मतदान हुँदैछ । सभापतिका लागि संस्थापन पक्षबाट तेजेन्द्र खनाल उम्मेद्वार छन् । कोइराला–पौडेल समूहबाट बालकृष्ण दाहाल सभापति पदका प्रत्यासी छन् । वर्तमान कांग्रेसका जिल्ला सभापति प्रदीप सुनुवार समेत संस्थापन प्यानलका समर्थक हुन् ।

प्रकाशित : मंसिर ६, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?