कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाँचथर कांग्रेसको क्षेत्रीय सभापतिमा पहिलो पटक महिलाको नेतृत्व

लक्ष्मी गौतम

पाँचथर — कांग्रेसको पाँचथर ‘प्रदेश सभा ख ’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छन् । आइतबार विहान सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठ प्रतिस्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन् ।

पाँचथर कांग्रेसको क्षेत्रीय सभापतिमा पहिलो पटक महिलाको नेतृत्व

सो प्रदेशको उपसभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ, सहसचिवमा ज्योतीप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् ।

श्रेष्ठ पाँचथर कांग्रेसको इतिहासमा क्षेत्रीय सभापति बन्ने पहिलो महिला हुन् । पाँचथर ‘प्रदेश क’को सभापति पदमा भने यसअघि नै भगिश्वर योङहाङ विजयी भइसकेका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?