१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाँचथर पहिरोमा ज्यान गुमाएकाका परिवारलाई सहयोग

लक्ष्मी गौतम

पाँचथर — कात्तिकको पहिलो साता गएको बाढीपहिरोमा परी ज्यान गुमाएका जिल्लाका ३३ जनाका परिवार तथा आफन्तलाई पाँचथर समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ ।

पाँचथर पहिरोमा ज्यान गुमाएकाका परिवारलाई सहयोग

जिल्लाको मिक्लाजुङ गाउँपालिकाका २४, फाल्गुनन्द गाउँपालिकाका ४, फिदिमका ४ र कुम्मायकका १ गरी ३३ जना मृतकका आफन्तलाई पाँचथर समाजले नगद सहयोग गरेको हो ।

समाजले प्रति परिवार १० हजार रुपैयाँका दरले नगद सहयोग गरेको जनाएको छ। समाजले सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिको रोहवरमा सहयोगस्वरुप रकम हस्तान्तरण गरेको ससमाजका अध्यक्ष होमकुमार लावतीको भनाइ छ ।

अध्यक्ष लावती, उपाध्यक्ष निर्मल रिजाल, महासचिव लक्ष्मीराज तावा र कोषाध्यक्ष आशा नेम्वाङले सम्बनिधत गाउँपालिकामा पुगेरै मृतक परिवारलाई नगद उपलब्ध गराएका थिए ।

यसवाहेक नेकपा एमाले जिल्ला कमिटी पाँचथरले पनि मृतक परिवारलाई १० हजारका दरले नगद सहयोग गरेको जनाएको छ । बेमौसमी झरीसँगै गएको बाढी र पहिरोका कारण पाँचथरमा ३२ जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता छन् ।

प्रकाशित : मंसिर १, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?