सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार देवानलाई

प्रदीप मेन्याङ्बो

सुनसरी — कायस्थ गोपालप्रसाद सरला प्रतिष्ठानले स्थापना गरेको सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार संचारकर्मी गोपाल देवानलाई प्रदान गरिएको छ । ३६ वर्षदेखि संचारक्षेत्रमा कार्यरत देवान नाट्यकर्मी, कवि साहित्यकार पनि हुन् ।

सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार देवानलाई

धरानमा बुधबार आयोजित समारोहमा संचारकर्मी देवानलाई नगद ४१ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो । देवानलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले नगर र प्रमाणपत्र प्रदान गरेका थिए ।

कायस्थ परिवारले धरानमा पहिलो बस्ती बसाउने आफ्ना बाजे रत्न प्रसादको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको प्रतिष्ठान अध्यक्ष मुकुल कायस्थले बताए । प्रतिष्ठानले विगत पाँच वर्षदेखि पत्रकारितामा सक्रिय रहेका संचारकर्मीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिष्ठानले बराहक्षेत्रस्थित चतराका पिठाधीश जगदगुर बालसन्त मोहनशरण देवाचार्यलाई ५१ हजार रुपैयाँको चम्पादेवी सामाजिक सम्मान एवं पुरस्कार, सदन स्कुलमा कक्षा १० का उत्कृष्ट विद्यार्थी कविता चौलागाईंलाई १० हजार रुपैयाँ र कौशिक क्याम्पसमा विएड अध्ययरत संखुवासभाका दृष्टिविहीन विद्यार्थी मिङ्मा भोटेलाई १५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रकाशित : मंसिर १, २०७८ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?