कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मोरङको उच्च र जिल्ला अदालतमा पनि विरोध प्रदर्शन

विनोद भण्डारी

विराटनगर — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले एक घण्टा शान्तिपूर्ण विरोध प्रर्दशन गरेका छन् ।

उनीहरूले दिउँसो ११ देखि १२ बजेसम्म प्रर्दशन गरेका हुन् । दुवै अदालत अगाडि गरिएको प्रर्दशनलाई उच्च अदालत बारका अध्यक्ष नारायण दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेका थिए ।

प्रदर्शनको क्रममा 'न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ' लगायतका नारा लगाइएको थियो । अधिवक्ता विकास थापाका अनुसार प्रदर्शन सकिएपछि दुवै अदालतका नियमित सुनुवाइ सुचारु भएका छन्।

कानुन व्यवसायीमाथिको प्रहरी दमन र प्रधानन्यायाधीशको विकृति र विसंगति विरुद्ध तीन दिनसम्म लगातार एक-एक घण्टा विरोध प्रदर्शन गर्ने दुवै बार एसोसिएसनले कार्यक्रम तय गरेको वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?