मालेका चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश

डम्बरसिं राई

खोटाङ — नेकपा (माले)का चार केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै केपी शर्मा फुयाललगायत चार जनाले पार्टीबाट राजीनामा दिएको जनाएका हुन् । पार्टी छाड्नेमा खोटाङबाट केन्द्रीय समितिमा रहेका फुयाल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शंकर पोखरेल छन् । 

मालेका चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश

माले पछिल्लो समय वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएकाले छाड्नु परेको पूर्वसांसद समेत रहेका फुयालले बताए । ‘पछिल्लो समयमा संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्ने लगायतका गतिविधिले पार्टी छाडिएको हो,’ फुयालले भने–‘यस्तो विचार भएको पार्टीमा रहन नसक्ने भएपछि बाहिरिएका हौं ।’

माले छाड्न साथ नेकपा (एस)मा समाहित भएको समेत फुयालले बताए । उनले खोटाङ, तनहुँ र स्याङ्जा नेकपा (माले) जिल्ला कमिटीका सबै पदाधिकारी नेकपा (एस)मा समाहित भएको समेत बताए ।


प्रकाशित : कार्तिक २५, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?