१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको मेरापिक हिमाल आरोहण गरेर फर्कने क्रममा बाटोमा लडेर एक बेलायती नागरिकको मृत्यु भएको छ ।

गत कात्तिक १० गते मेरापिक आरोहणका लागि भएका बेलायती नागरिक फ्लायन एलेक्जेण्डर कृष्टियनको शुक्रबार मृत्यु भएको हो । उनी ६४७४ उचाइको आरोहण सकेर फर्कने शिलशिलामा करिब ५ हजार ८ सय मिटरको उचाइमा रहेको हाईक्याम्प क्षेत्रमा लडेका थिए ।

उनको उपचारका लागि कैलाश एयरको हेलिकप्टर मार्फत् लुक्लास्थित पासाङल्हामु निकोल्निकी अस्पताल लैजँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनी हिमालको चिप्लोमा लडेर घाइते भएका थिए । मौसममा सुधार आएसँगै अहिले मेरापिक आरोहण गर्नेको संख्या वृद्धि भएको छ ।

प्रकाशित : कार्तिक १९, २०७८ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?