कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

किरात राज्यका अन्तिम राजा हिलिहाङको दरबार संग्रहालय बन्दै

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिकामा किरात वंशका अन्तिम राजा हिलिहाङ योङहाङको संग्रहालय निर्माणको प्रक्रिया सुरु गरिएको छ । तत्कालीन राजा हिलिहाङले शासन गरेको हिलिहाङ ४ स्थित हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा प्यागोडा शैलीमा उक्त संग्रहालय निर्माण हुने बताइएको छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उक्त संग्रहालयको शिलान्यास गरेका हुन् ।

किरात राज्यका अन्तिम राजा हिलिहाङको दरबार संग्रहालय बन्दै

संघीय सरकार र हिलिहाङ गाउँपालिकाको साझेदारीमा दुई करोड ५१ लाख ६८ हजार ३१८ को लागतमा दरबार निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष भुवानी लिङदेनले जानकारी दिए ।

दरबार निर्माण कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० र हिलिहाङ गाउँपालिकाले ३० प्रतिशत लागत साझेदारी रहने दरबार निर्माणका इलामको भगवती वौद्ध जेभीसँग ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

दरबार निर्माणको काम २०८० साल माघ २५ गतेभित्र निर्माण पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सोही स्थानमा हिलिहाङ फाउण्डेसनले प्रवेशद्वारसहित दुईवटा सालिक निर्माण गरेका छ ।

विक्रम सम्बत् १७८३ साल कात्तिक १८ गते तत्कालीन योङहाङ राज परिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेका थिए । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो ।

लडाइँ र संघर्षका बीचमा राजा पृथ्वीनाराणय शाह र हिलिहाङ राजाबीच औपचारिक तथा अनौपचारिक धेरै सन्धि/सम्झौता भएका थिए । सम्झौतामध्ये वि.सं. १८१४, १८३१ र १८४२ मा भएका सन्धि सबैभन्दा बढी चर्चामा थिए । सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरूबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । अर्थात् शाहहरू र योङहाङहरू राजखान्दानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरिएको इतिहासका जानकार मचिन्द्र योङहाङ बताउँछन् । यस क्षेत्रमा हिलिहाङले ३१ वर्षको उमेरमा वि.सं. १८१४ मा शासन हात लिएर वि.सं. १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहासमा छ ।

प्रकाशित : कार्तिक १९, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?