धरानमा एक घरमा आगलागी
सुनसरी — तिहारको रमाइलो मनाइरहेका बेला धरान-१७ मा एक घरमा आगलागी भएको छ । आगलागी भएको घर रिमना राईको भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए । आगलागी शुक्रबार दिउसो भएको हो ।
उनकाअनुसार आगलागीबाट जलेर काठको घर पूर्णरुपमा नष्ट भएको छ । स्थानीय बासिन्दाले खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी भएको अनुमान गरेका छन् । तर प्रहरीले तिहारको बेला दियो बत्ती बाल्दा आगलगी भएको हुनसक्ने बताएको छ । उनकाअनुसार उक्त घरमा भाडामा २ परिवार बस्थे । एउटा परिवार तिहार मनाउन घर गएको थियो भने अर्को परिवार बाउ छोरामात्र रहेका थिए ।
प्रकाशित : कार्तिक १९, २०७८ १६:२१प्रतिक्रिया