प्रदेशको नामकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

देवनारायण साह

मोरङ — प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो सरकारको पहिलो प्राथमिकता प्रदेशको नामकरण भएको बताएका छन् । पद तथा गोपनियताको शपथ ग्रहणपछि मंगलबार सञ्चचारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले आफ्नो प्रमुख प्राथिमकता प्रदेशको नामकरण भएको बताएका हुन् ।

प्रदेशको नामकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

उनले राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने र काम गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको बताए । ‘प्रदेशले अहिलेसम्म नाम पाउन नसकेकोले त्यो नाम हामी दिन्छौं, ’ उनले भने, ‘बजेट सानो भएकोले विकासको कामहरु हुन सकेको छैन, अनुदान लिएर र बजेटका नयाँ स्रोतहरु खोजेर बजेटको दायरा बढाएर कामलाई अघि बढाउँछौं ।’

उनले सीमित बजेटलाई सही प्राथमिकता दिएर विनियोजन गर्ने बताए । चालू आर्थिक वर्षका लागि अर्को बजेट ल्याउने सम्भावना रहेको उनले बताए ।

यस्तै,मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । उनले कात्तिक २३ गते बस्‍ने प्रदेशसभा बैठकमा सम्भव नभए कात्तिक २५ वा २६ गतेसम्ममा विश्वासको मत लिने बताएका हुन् । उनले काम र सरकारमा सहभागी गठबन्धन दलको आवश्यकताका आधारमा मन्त्रालयको संख्या केही बढाएर मन्त्रिपरिषद् विस्तार गरिने पनि बताए ।

निर्वाचन क्षेत्र विकास र पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर सांसदलाई बलियो बनाउने काम गर्ने उनको भनाइ थियो ।

प्रकाशित : कार्तिक १६, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?