कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेश १ : मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश प्रमुखद्वारा आह्वान

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न संसद्‍का दलहरूलाई आह्वान गरेका छन् । नेकपा एमालेका नेता भीमप्रसाद आचार्यले सोमबार दिउँसो मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रावधान अनुरुप  प्रदेश प्रमुख अधिकारीले दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश १ : मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश प्रमुखद्वारा आह्वान

'संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मिति २०७८/०७/१६ गते मंगलबार दिनको १:०० बजेभित्र प्रदेश नं. १ को मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आव्हान गर्नुभएको छ,' प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यले एमाले अल्पमतमा परेपछि यही कात्तिक १५ गते सोमबार लिखित राजीनामा दिएका हुन् ।

प्रकाशित : कार्तिक १५, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?