कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले अधिवेशन : ताप्लेजुङका ६ पालिकामा नयाँ नेतृत्व 

आनन्द गौतम

ताप्लेजुङ — एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका ६ वटा स्थानीय तहमा एमालेको नेतृत्व चयन भएको छ । एउटामा मतदान प्रक्रियामार्फत र बाँकीमा सर्वसम्मत चयन भएको हो । फुङलिङ नगरपालिकामा बुधबार बेलुका अबेरसम्म निर्वाचन प्रक्रिया चलेको छ भने दुईवटा गाउँपालिकामा तिहारसम्ममा गर्नेगरी सारिएको छ । फुङलिङमा हेमन्तकुमार उप्रेती, धनेन्द्र मादेन र भरतकुमार गुरुङले अध्यक्षमा दाबी गरेका छन् । 

मैवाखोला गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएको छ । निर्वाचन मण्डलका संयोजक अग्नी पौडेलका अनुसार लालकाजी लिम्बु, दिवस चोङवाङ र गणेश प्रसाईंबीच भएको प्रतिस्पर्धामा लालकाजीले ७१ मत प्राप्त गरी अध्यक्ष चयन भएका छन् । दिवसले ६४ मत प्राप्त गरे भने गणेशको शून्य मत भयो । उपाध्यक्षमा आशा थोप्रा, सचिव रुपेन्द्र वनेम र उपसचिवमा चिरञ्जिवी चोङवाङ र रुपनारायण घिमिरे चयन भएका छन् । मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ, प्रताप लिम्बु लक्ष्मी थलङ, तोम अधिकारी र बद्री थापा क्रमश: अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव भएका छन ।

आठराई त्रिबेणी गाउँपालिकामा सूर्यमान यम्सो, आइन्द्र आङवोहाङ, मदन सेन्दाङ, कर्णबहादुर थलङ र तारा न्यौपाने, फक्ताङलुङ गाउँपालिकामा सरोज एभेङ, मचिन्द्र तवेवुङ, विरेन्द्र दाहाल सुमन आङदेम्बे र दावाडोमा शेर्पा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव चुनिएका छन् ।

सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ, इन्द्र घतानी, पूर्णकुमार डाँगी, नविन थेवे र दिपेन्द्र तुम्याहाङ, पाथीभरा याङवरकमा बिक्रम मेन्याङ्बो, भीमबहादुर साम्सोहाङ, लोकनाथ खतिवडा र पूर्ण तिवारी क्रमश: अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव भएका छन् । उपसचिवमा एक महिला चयन गर्न बॉकी रहेको जिल्ला कमिटी सचिव केशर मेन्याङ्बोले जानकारी दिए ।

मेरिङदेन गाउँपालिकाको दुइटा वडामा वडा अधिवेशन गर्न बाँकी रहेकाले पालिका अधिवेशन धकेलिएको छ भने सिदिङ्वा गाउँपालिकाले तिहारअघि नै गर्नेगरी मिति तय हुने जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?