कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालिका बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुमा एक ५ वर्षीया बालिकामाथि बलत्कार गरेको ओरापमा २२ वर्षीय युवक पक्राउ परेका छन् । थुलुङ दुधकोशी गाउँपालिकाकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय रुपाधन राई गत राति पक्राउ परेका हुन् ।


साँझको समयमा घरमा कोही नभएको बेला अभियुक्तले ललाई फकाई गरी बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बालिका अचानक विरामी भएको थाहा पाए पछि अभिभावकले सोधपुछ गर्दा बालिकाले छिमेकीले बलात्कार गरेको बताएपछि घटना बाहिरिएको हो ।

एक महिनाअघिको घटना भए पनि प्रहरीलाई सोमबार मात्र उजुरी प्राप्त भएको प्रहरी नायव उपरीक्षक कवित कटावलले बताए । ‘उजुरी प्राप्त हुनासाथ गग राति नै हामीले अभियुक्तलाई नियन्त्रणमा लिएका छौँ’ डिएसपी कटवालले कान्तिपुरसँग भने । उनका अनुसार बालिका लगातार विरामी भएपछि गाउँमा अनेक उपचार गर्दा पनि निको नभएपछि बालिका बलात्कृत भएको खुलेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । आरोपित पक्षबाट गाउँमा घटना गुपचुप गराउने प्रयत्न गरिए पनि आफूहरू न्यायका लागि प्रहरी प्रशासनमा अएको पारिवारिक श्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?