१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

श्रीमती र छोरीको हत्या आरोपमा पक्राउ

विप्लव भट्टराई

इलाम — श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । झारफूक गर्ने बहनामा इलामको देउमाई नगरपालिका ५ बारुङमा ३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरीको हत्या आरोपमा पक्राउ

तामाङले मंगलबार बिहान ३५ वर्षीया पत्नी सीता र १६ वर्षीया छोरी दीक्षाको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलामका एसपी महेन्कुमार श्रेष्ठले जानकारी दिए ।

एक महिनाबाट धामी बस्दै आएका पूर्णबहादुरले टोकेर र थिचेर घरभित्र बनाइएको थानमा लागि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी श्रेष्ठले बताए ।

प्रहरीले अभियुक्तसहित उनका बुबा, आमा र दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : कार्तिक ९, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?