कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दिक्तेलमा कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

डम्बरसिं राई

खोटाङ — भुस्याहा कुकुरले टोकेर एकै दिन १५ जना घाइते भएपछि दिक्तेल बजारका स्थानीय आतङ्कित भएका छन् ।


शनिबार दिक्तेल बजारका विभिन्न ठाउँमा कुकुरले टोकेर १५ जना घाइते भएपछि घाइते भएकामध्ये १३ जनालाई जिल्ला अस्पतालमा रेविज विरुद्धको खोप लगाइएको छ । दुईजना घाइतेलाई भने थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक बैभव मल्लिकले बताए ।

दिक्तेल बजारको रत्नपार्क, हाटडाँडा, अस्पताल चोकलगायतका विभिन्न ठाउँमा शनिबार भुस्याहा कुकुरको टोकाइबाट बजारवासी घाइते भएका हुन् । एकै दिन बजारमा भुस्याहा कुकुरको टोकाइबाट यति धेरै घाइते भएको यो नै पहिलो घटना हो । उक्त घटनापछि घाइते र अरु स्थानीयहरुले भुस्याहा कुकुरको नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : कार्तिक ७, २०७८ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?