खोलाले बगाएर एक जनाको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका–५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ । 

आइतबार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए । छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याएको थियो । स्थानीयले उनलाई नदीबाट निकाल्दा मृत्यु भइसकेको थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?