कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले मुहानमा क्षति पुर्‍याएपछि फिदिममा खानेपानीको हाहाकार

लक्ष्मी गौतम

पाँचथर — कात्तिकको पहिलो साता आएको भारी वर्षासँगै गएको पहिरोले पानीको मुहानमा क्षति पुर्‍याएपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा चार दिनदेखि खानेपानीको हाहाकार भएको छ ।

पहिरोले मुहानमा क्षति पुर्‍याएपछि फिदिममा खानेपानीको हाहाकार


पहिरोले मुहान भत्काउनुका साथै पाइप लाइनमा क्षति पुर्‍याएपछि खानेपानी आपूर्ति गर्न कठिनाई हुँदा पानीको चरम अभाव सिर्जना भएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।

फिदिममा पानी आयात गरिएको आप्तावा खोला मुहानको संरचनामा धेरै क्षति पुगेको उपभोक्ता समिति अध्यक्ष गजाधर भट्टराईले बताए । यहाँबाट ल्याइएको पानी सदरमुकाम फिदिमका वडा नम्वर १, २ र ४ का २ हजार परिवारलाई वितरण गरिएको छ ।

पानीको अभाव सिर्जना भएपछि फिदिम नगरपालिकाले दमकलमार्फत् पानी ल्याएर बजार क्षेत्रमा वितरण गर्न थालेको छ । वडा नम्वर ४ का वडाध्यक्ष प्रकास गुरुङको अगुवाइमा दमकलबाट पानी वितरण सुरु गरिएको हो ।

‘हिजोदेखि आजसम्म २५ दमकल पानी वितरण गरिसक्यौं, धारामा पानी आउन सुरु नहुन्जेल अभियान जारी रहन्छ ’ गुरुङले भने । फिदिम २ मा रहेको अर्खौले धाराबाट दमकलमा पानी भरेर बजारमा वितरण गर्ने गरिएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक ६, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?