१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतको जोगबनीमा नेपालीको शव फेला

कान्तिपुर संवाददाता

मोरङ — सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको शव भारतीय सुरक्षाकर्मीले जोगबनीस्थित रेल–वे स्टेसननजिक फेला पारेको हो । 

घटना प्रकृति हेर्दा बाढीले बगाएको हुन सक्ने प्रमुख प्रहरी उपरीक्षक जिसीले बताए । उनले घटनाको वास्तविकता छानबिनपछि मात्रै भन्न सकिने बताए ।


प्रकाशित : कार्तिक ५, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?