कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या ३० पुग्यो

लक्ष्मी गौतम

काठमाडौँ — पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ ।

पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या ३० पुग्यो

शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

जिल्लामा बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको यसअघि नै सनाखत भइसकेको छ ।


कात्तिक २ गते राति आएको बाढीले क्षतविक्षत बनाएको फिदिम–४ स्थित हेवा खोला घाटको शवदाह स्थल । तस्बिर : लक्ष्मी गौतम/कान्तिपुर

पाँचथरमा पहिरो र बाढीमा फसेकामध्ये ४ जनाको अवस्था अज्ञात छ । उनीहरुलाई स्थानीय प्रशासनले बेपत्ताको सूचीमा राखेको प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।

उनका अनुसार मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?