कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोका घाइतेको उपचारका लागि गएका २ स्वास्थ्यकर्मी सम्पर्कविहीन

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएकाको उपचार गर्न हिँडेका २ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । 

पहिरोका घाइतेको उपचारका लागि गएका २ स्वास्थ्यकर्मी सम्पर्कविहीन

इलामको माङसेबुङ गाउँपालिकाबाट मिक्लाजुङ–५ स्थित चिसापानी पञ्चमी हिँडेका स्वास्थ्यकर्मी सुमन राई र ठाकुरसिंह याक्खा चार दिनदेखि सम्पर्कविहीन रहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

पाँचथरमा बाढीपहिरोमा बेपत्ता हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङमा ३, फिदिममा २ र फाल्गुनन्दमा १ जना बेपत्ता भएका छन् । उनीहरूको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।पाँचथरमा हालसम्म बाढीपहिरोमा परी २८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : कार्तिक ५, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?