बाढीले बगाएका युवकको शव भेटियो

सुम्निमा चाम्लिङ

इटहरी — बाढीले मोटरसाइकलसहित बगाएका एक युवकको बिहीबार बिहान शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नगेन्द्रकुमार कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–२ शान्तिनगर बस्ने ३१ वर्षीय योगेन्द्र तिवारी मृत भेटिएका हुन् ।

उनको शव इटहरीको आपगाछीमा फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घर जाने क्रममा तरहराको पानीपियामा तिवारीलाई बाढीले मोटरसाइकलसहित बगाएको थियो ।

बाढीले बगाएका इटहरीका सताही मण्डल, राजकुमार राई, रोशन बुढाथोकी र ईश्वरी पराजुली अझै बेपत्ता छन् ।

प्रकाशित : कार्तिक ४, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?