कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

इटहरीको बाढीमा एक जनाको शव भेटियो

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरीस्थित पूर्वी पृतना आर्मी क्याम्प अगाडिको खोल्सोमा बुधबार दिउँसो एक पुरुषको शव भेटिएको हो । यसअघि बाढीपहिरोमा परी बेपत्ता भएका व्यक्तिको शव हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

हिलो माटोले पुरेको अवस्थामा करिब ५५-६० वर्ष उमेरको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । वर्षासँगै आएको बाढीले कम्तीमा पाँच जना बेपत्ता भएका छन् ।

यसअघि अविरल वर्षाले इइटहरीको तरहरास्थित पानीपिया क्षेत्रमा ठूलो बाढी आउँदा एक मोटरसाइकल यात्रीलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवका अनुसार सुनसरीको धरानका दुई बालबालिकाको मात्र सनाखत हुन सकेको छ ।

उनले भने, 'बाढीमा परेर इटहरीमा मात्र पाँच जना बेपत्ता भएका छ्न् । बेपत्ताको खोजी भइरहेको छ । बराहक्षेत्र नगरको चतरामा पनि दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन् । तर त्यो भने पुष्टि हुन सकेको छैन ।,'

प्रजिअ यादवका अनुसार बेपत्त हुनेहरुमा सुनसरीको इटहरी बस्ने सताही मन्डल, योगेन्द्र तिवारी, ईश्वरी पराजुली, रोशन बुढाथोकी र राजकुमार राई रहेका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?