कोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए 

कान्तिपुर संवाददाता

विराटनगर — केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसेमा पानीको बहाव उच्च भएको हो ।

कोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए 

बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।

नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?