धरान–धनकुटा सडक अझै सञ्चालनमा आएन

रमेशचन्द्र अधिकारी

धनकुटा — अविरल वर्षाका कारण बाढीले सडक भत्काएपछि बन्द रहेको कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । 

धरान–धनकुटा सडक अझै सञ्चालनमा आएन

साँगुरीगढी गाउँपालिका–६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिब २ सय मिटर सडक बगाएको थियो । डोजरबाट खोलाको पानी तर्काएपछि एकतर्फी यातायात खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नकुल पोख्रेलले जानकारी दिए । सडक भत्किएपछि प्रहरीले धनकुटा र भेडेटारमा सवारी साधन रोकेको थियो ।

बाढीले कम्तीमा दुई करोडभन्दा बढीको क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिए । मौसममा सुधार आउनासाथ तत्काल सडक मर्मत कार्य थालिने उनले बताए । सडक भत्किएपछि धरान धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको छ ।

पाख्रीवास नगरपालिका–५ डिकुरे खण्डमा अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको जनाइएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?