२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाढीले इलाममा पक्की पुल बगायो

विप्लव भट्टराई

इलाम — बाढीले इलामको देउमाई-फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बाढीले इलाममा पक्की पुल बगायो

त्यस्तै बाढीले नजिकै रहेको गजुरमुखीधाम–बारुङ जोड्ने पक्की पुल पनि क्षतिग्रस्त बनाएको उनले जनाएका छन् । माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीधाम आसपास देउमाई र फेवा खोलाले पनि ठूलो क्षति गराएका छन् ।

इदिङ्गोका अनुसार ४/५ वटा घर क्षतिग्रस्त भएका छन् भने हजारौं बिघामा रोपिएको धान बगेको छ । प्रभावितहरूको उद्धारमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू खटिरहेका छन् ।


प्रकाशित : कार्तिक ३, २०७८ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?