१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उदयपुरमा बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु

कान्तिपुर संवाददाता

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ । मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । खड्का मंगलबार बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो भने खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले एक किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको प्रहरीले बताएको छ ।

अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भएको जिल्ला प्रहरी उदयपुरले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?