धरान–धनकुटा सडक खण्ड अवरुद्ध

रमेशचन्द्र अधिकारी

धनकुटा — विगत दुई दिनदेखिको अविरल वर्षाले कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका ६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिब २ सय मिटर सडक बगाएको प्रहरीले जनाएको छ । पक्की सडक बगाएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए । 

लगातार वर्षा जारी रहेकोले डाइभर्सन गरी सडक खुलाउनसमेत कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । मंगलबार साँझसम्म पनि वर्षा नरोकिएकाले सडक सञ्चालन गाह्रो भएको उनको भनाइ छ ।

यस्तै, अविरल वर्षाले पाख्रीवास नगरपालिका ५ डिकुरेमा पहिरो झरेर मध्य पहाडी लोकमार्ग अवरोध भएको छ । धनकुटा नगरपालिका ४ सल्लेरीमा पनि सल्लाको रुख ढलेर सडक अवरुद्ध भएको प्रजिअ पन्थले बताए । सुरक्षाकर्मीको सहायताले रुख पन्छाउने प्रयास गरिए पनि ठूला रुख बिजुलीको पोलमा अड्किएर जोखिम बढेको छ ।


प्रकाशित : कार्तिक २, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?