३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झापाका ४० घर डुबानमा, उद्वारमा कठिनाइ

पर्वत पोर्तेल

झापा — अविरल वर्षासँगै कनकाई नदीमा आएको बाढी पस्दा दक्षिण झापाको गौरीगञ्‍ज गाउँपालिकाको एउटा बस्ती नै डुबेको छ ।

झापाका ४० घर डुबानमा, उद्वारमा कठिनाइ

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्‍ज १ जोडा होकलबाडीका ४० घर डुबानमा परेका हुन् । प्रहरीले डुबानमा परेका स्थानीयलाई सुरक्षित स्थानतिर सार्ने प्रक्रिया सुरु गरेको जनाएको छ । तर, तिब्र वर्षा र बाढीका कारण तत्काल उद्वार टोलीलाई घटनास्थलमा खटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जनाए ।

प्रहरीका अनुसार स्थानीयले प्रयोग गर्ने एउटा नाउसमेत खोलाले बगाएपछि उद्वारमा समस्या भएको बताइएको छ । दावाँबाट कनकाई खोलाको बाढी पसेपछि उक्त बस्ती टापु जस्तै बनेको स्थानीयको भनाइ छ ।

प्रकाशित : कार्तिक २, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?