३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहिरोले पुरिएर धरानमा दुई बालबालिकाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — दुई दिनदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर धरान उपमहानगरपालिका– १३ स्थित नागेश्वर मार्गमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर धरानमा दुई बालबालिकाको मृत्यु

धरानस्थित संघीय प्रहरी इकाइ कार्यालयका एसपी भीम दाहालका अनुसार निशान राईको ४ वर्षीय छोरा निहान राई र ७ वर्षीया छोरी निशु राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोले घरको आधा भाग पुरिएपछि मंगलबार घरमै रहेका दिदी-भाइको पनि ज्यान गएको एसपी दाहालले बताए । घटनास्थलमा उद्वारमा खटिएकाहरुले बालबालिकालाई मृत अवस्थामा घरबाट निकालेका थिए । उनका अनुसार मृत दुवै बालबालिकालाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?