हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१० केन्द्र मोड बस्ने शिव पौरियाकी पत्नी ५४ वर्षकी कल्पना राई पौरियाको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्ती धपाउन घरबाहिर विद्युतीय तार लगाइएको थियो । झुक्किएर तारमा आचानक छुन गई करेन्ट लाग्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो ।


प्रकाशित : कार्तिक १, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?