३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्याराग्लाइडिङ कोसीमा खस्दा वडाध्यक्ष गम्भीर घाइते

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएका छन् ।

प्याराग्लाइडिङ उडाउँदै धरान–१४ स्थित विजयपुरको मैदानमा अवतरण हुनुपर्नेमा आइतबार दिउँसो अचानक आएको पानीसँगै हावाहुरीले धकेलेर करिब २५ किलोमिटर पश्चिममा पर्ने उदयपुरको बेलाका नगरपालिका क्षेत्रको लाहुरे खोच नजिकै कोसी नदीको किनारमा दुर्घटनाग्रस्त भएको थियो । ४८ वर्षीय अधिकारी धरान–१ का वडाध्यक्ष हुन् । उनको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्दै आएको छ ।

अध्यक्ष अधिकारी स्वयम्‌ले सोलो पाइलटको तालिम लिएकोले बेलाबेलामा आफै पनि उड्दै आएका थिए । घाइते वडाध्यक्ष अधिकारीलाई बेलकाबाट उद्धार गरेर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेको छ

प्रहरीका अनुसार उनको कम्मरमा गम्भीर चोट लागेको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित : आश्विन ३१, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?