कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सर्पले टोकेर 'भाइरल झाँक्री'को मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — 'भाइरल झाँक्री'का नामले परिचित फुङलिङ नगरपालिका-९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार बेलुका दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै सर्पले टोकेको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छिमेकी सञ्चपाल मादेनले जानकारी दिए । 

सर्पले टोकेर 'भाइरल झाँक्री'को मृत्यु

मादेनकाअनुसार सर्प खुट्टामा बेरिएपछि हातले समाएर फाल्न खोज्दा देब्रे हातको हत्केलामा टोकेको थियो । करेत सर्पले टोकेको र सर्पपनि उनैले मारेको मादेनले बताए । सर्पले टोकेपछि झारफुकका लागि हिँडेको र ढिलो अस्पताल ल्याउँदा उनको मृत्यु भएको हो । २५ वर्षिय घतानी आफूपनि धामी झाँक्रीको काम गर्ने गर्दथे ।

अस्पताल भर्ना गरेको केही समय पश्चात नै उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं प्रवक्ता राकेश यादवले जानकारी दिए । ताप्लेजुङमा प्रत्येक वर्ष सर्पले टोकेर मानवीय क्षती हुने गरेको छ । अलैंची टिप्ने यो सिजनमा सबैभन्दा बढी सर्पले टोक्ने घटनाहरु हुने गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?