१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पालिका स्तरीय भलिबलको उपाधि उर्लावारीलाई

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल कपको उपाधि मोरङको उर्लावारी नगरपालिकाले जितेको छ । जितसँगै उर्लावारीले नगद २० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएको छ ।

पालिका स्तरीय भलिबलको उपाधि उर्लावारीलाई

असोज २४ देखि २६ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा उर्लावारीले आयोजक पथरीशनिश्चरे नगरपालिकालाई हराउँदै विजयी भएको उर्लावारी भलिबलका व्यवस्थापक एवं जनप्रतिनिधि भिष्म बुढाथोकीले जानकारी दिए । उर्लावारीले पथरीलाई २५-१६ र २५-१८मा हराएको थियो ।

दसैं लक्षित आयोजना गरिएको उक्त प्रतियोगितामा प्रदेश नम्बर १ मा विभिन्न १७ वटा पालिकाहरुले सहभागिता जनाएका थिए ।

यसैबीच, भलिवल विजेता उर्लाबारीका खेलाडीहरुलाई स्थानीय योसेक क्लबले बुधबार सम्मान गरेको छ । प्रदेशभर नगरपालिकाको नाम राखेको भन्दै क्लबले सम्मान गरेको हो । वडा नम्बर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की,क्लबकी सचिव बानु सुब्बा, क्बलका पूर्व सचिव दिनेश लिम्बू सामाजिक अगुवा रुद्रबहादुर तामाङलगायतका युवा खेलाडीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

उनीहरुले फुटबलबाट उर्लावारीले धेरै खेलाडीहरु उत्पादन गरिसकेको र आगामी दिनहरुमा भलिबलतर्फ पनि राष्ट्रिय स्तरको प्रतियोगिता जित्नुपर्नेमा जोड दिएका थिए ।

उर्लावारी भलिबलले यसअघिका प्रदेश स्तरीय अन्य प्रतियोगितामा पनि विजयी भएको बुढाथोकीले जानकारी दिए ।

प्रकाशित : आश्विन २७, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?