कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मोरङको कर्सियामा रहेको सिटिजन्स बैंकको कार्यालयमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

जितेन्द्र साह

विराटनगर — मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ । प्रहरीले बैंक लुट्न आएका लुटेराले गोली चलाइएको आशंका गरेको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए । उनले भने, 'लुटपाटको लागि गोली चलाएको हुनसक्छ । अरु प्रहरीले अनुसन्धान थालिसकेको छ ।'

उनले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको बताए । उनले भने, 'दसैंको अवसर पारेर बैंक लुट्न खोजेको देखिएको छ । प्रहरीले टोली खटाइसकेको छ । खोजतलास र पक्राउ गर्ने काम भइरहेको छ ।'

प्रकाशित : आश्विन २५, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?