कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नक्कली नोट कारोबारका ६ आरोपित सार्वजनिक

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा प्रहरीले नक्कली नोट (खोटा मुद्रा) कारोबारमा सम्लग्न ६ जनालाई बिहीबार सार्वजनिक गरेको छ । मुलघाटबाट सुरुमा पक्राउ परेका धनकुटा १ हिलेका २६ वर्षीय विशाल तामाङ, ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका ४ का छितेन तामाङ, हिलेका २४ वर्षीय सोनम तामाङ, महालक्ष्मी नगरपालिका ८ का सुमन खड्का, छथरजोरपाटी गाउँपालिका सिधुवाका २४ वर्षीय तुलसी तामाङ र इटहरीबाट पक्राउ परेका २१ वर्षीय विकास तामाङलाई पत्रकार भेला गरी सार्वजनिक गरिएको हो ।

नक्कली नोट कारोबारका ६ आरोपित सार्वजनिक

प्रहरीले सुरुमा असोज ११ गते राति धनकुटा नगरपालिका ९ मुलघाटमा प्रहरी जाँचका क्रममा दुई युवा पक्राउ गरेको थियो । छानबिनका क्रममा पुन: अन्य चार जनालाई विभिन्नि स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए । पक्राउ परेकामध्ये सुमन हिलेस्थित डार्बिन फार्मेसीमा कार्यचारी हुन् ।

अर्को एक जनालाई काठमाडौंबाट पक्राउ गरी धनकुटा ल्याइएको भनिए पनि प्रहरीले सार्वजनिक गरेको छैन । ‘उनलाई गोप्य राखेर अनुसन्धान अघि बढाउनु पर्ने भएकोले सार्वजनिक नगरिएको हो’ प्रहरी प्रवक्ता रायले भने, ‘अन्य व्यक्ति पनि घटनासँग जोडिएको हुनसक्छ ।’ उनीहरुमध्ये सबैभन्दा बढी सोनामको साथबाट ६५ हजार र छितेनबाट २८ हजार नक्कली नोट बरामद गरिएको प्रहरी प्रवक्ता रायले बताए ।

प्रहरीले हालसम्म १ लाख नोट बरामद गरेको बताएको छ भने अन्य १ लाख जलाएको पुष्टि भएको उल्लेख गरेको छ । जलाएर नष्ट गर्ने व्यक्तिलाई प्रहरीले निगरानीमा मात्र राखेको जनाएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको ७ थान मोबाइल सेटसमेत बरामद गरेको छ । हालसम्म बरामद नक्कली नोट र सम्लग्न भएकाको संख्या बढ्दै गएकोले जिल्लामा यस्ता नोट अत्यधिक भित्रिएको प्रहरीको आशंका छ । अझै केही व्यक्ति निगरानीमा राखिएको प्रवक्ता राय बताउँछन् । प्रहरीले बरामद गरेको सबै नक्कली नोटमा एउटै नम्बरको छ । सक्कली नोटभन्दा केही पातलो र खस्रो रहेको छ । यसअघि सूचना दिन अलमल गरेको प्रहरीले घटना भएको १० दिनपछि उनीहरुलाई सार्वजनिक गरेको छ ।

नक्कली नोट लागूऔषधमा प्रयोग

प्रहरीले पक्राउ गरी छानबिन गर्नेक्रममा नक्कली नोट कारोबारीले लागूऔषध प्रयोगमा ती नोट प्रयोग गरेको पाइएको छ । चाडपर्वको प्रारम्भमा नक्कली नोट फेला परे पनि प्रयोगकर्ताले स्थानीय बजार, पसलमा नोट प्रयोग नगरेको प्रहरी प्रवक्ता राय बताउँछन् । अधिकांश लागूऔषध प्रयोगकर्ता रहेको उनको भनाइ छ । पक्राउ गरिएको २१ दिनभित्र अदालतमा पेस गर्नुपर्ने र बीचमा चाडपर्व परेकोले छानबिनको दायरा सीमित रहेको उनले बताए । प्रारम्भिक छानबिन र अनुसन्धानका आधारमा अझै केही व्यक्ति सम्लग्न हुन सक्ने रायले बताए ।

प्रकाशित : आश्विन २१, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?