बालिकाको मृत्युपछि पाँचथर जिल्ला अस्पतालमा तोडफोड 

कान्तिपुर संवाददाता

पाँचथर — उपचारको क्रममा तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको मृत्युको विषयलाई लिएर पाँचथर जिल्ला अस्पतालमा तोडफोड भएको छ । ज्वरो आएर बुधबार बिहान जिल्ला अस्पतालमा भर्ना भएको थाम्सुहाङको उपचारका क्रममा मृत्यु भएको थियो । 

बालिकाको मृत्युपछि पाँचथर जिल्ला अस्पतालमा तोडफोड 

बालिकाको मृत्युपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन् । उनीहरूले घटनाको छानबिनको माग गरेका थिए । मृतक बालिकाका आफन्त हेमराज थाम्सुहाङले चिकित्सकको लापरबाहीले मृत्यु भएको बताए । उनले अस्पताल र जिल्ला प्रशासनसँग वार्ता गरे पनि निष्कर्ष ननिस्किएको बताए । आफ्ना माग पूरा गर्न प्रशासन तयार नभएको मृतकका आफन्तको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भने मृतकको सदगद्का लागि २५ हजार रुपैयाँ दिने र घटनाको छानबिनका लागि समिति बनाएर ७ दिनभित्र प्रतिवेदन तयार पारी निष्कर्षमा आधारमा बाँकी राहत र क्षतिपूर्ति दिने बताएका थिए । तर मृतकका आफन्तले भने नमानेको प्रशासनको भनाइ छ ।

वार्ता जारी रहेको बेला मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरूलाई प्रहरीले रोक्न नसकेको बताइएको छ ।

प्रकाशित : आश्विन २०, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?