कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ताप्लेजुङमा तुम्याहाङ र संखुवासभामा खड्का निर्वाचित

कान्तिपुर संवाददता

ताप्लेजुङ — संखुवासभा र ताप्लेजुङमा कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । ताप्लेजुङमा सभापति शेरबहादुर देउवानिकट गजेन्द्र तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन् । प्रत्यासी छविलाल गुरुङलाई १ सय ५८ मत अन्तरले पराजित गर्दै तुम्याहाङ विजयी भएका हुन् । 

ताप्लेजुङमा तुम्याहाङ र संखुवासभामा खड्का निर्वाचित

तुम्याहाङले ५ सय ८८ मत प्राप्त गरेको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए । गुरुङले ४ सय ३० मत प्राप्त गरेका छन् । तुम्याहाङ र गुरुङ प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । अधिकांश महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरु तुम्याहाङ पक्षधर आएका छन् ।

नेविसंघबाट राजनीति सुरु गरेका उनी यसअघिको निर्वाचनमा पनि सभापतिको उम्मेद्‍वार बनेका थिए । उप–सभापतिमा गणेशबहादुर लिम्वू र डिल्लीरमण बराल सचिवमा डम्बर हाङगाम र नन्दकुमार ओझा, सहसचिवमा जंग मुखिया र नन्दकुमार आङवोहाङ विजयी भएका छन् । पदाधिकारीमा गुरुङको प्यानलबाट गणेशवहादुर मात्रै विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा लिलादेवी बोखिम, इन्द्र केदेम, प्रतापप्रकाश हाङगाम, केशवप्रसाद दाहाल, बलबहादुर तामाङ, युवराज गुरुङ, विरेन्द्र श्रेष्ठ, तीलप्रसाद सुब्बा, खगेनसिंह हाङगाम, अमिर मादेन, पदमसुन्दर पालुङवा, टिकाराम गुरुङ, छवाङ लढडुक शेर्पा र मणी लामा निर्वाचित भएका छन् । यस्तै, तारादेवी भट्टराई, मिनाकुमारी गुरुङ, रिता सेनेहाङ, शिला इजम, माला पालुङवा, गीता कुमारी सेन्दाङ, विश्वराज नाल्वो, राज थेवे, टिकेन्द्र नेपाली र तेञ्जिङ शेर्पा निर्वाचित भएका छन् । यी मध्येबाट चयन हुने ११ सदस्यीय महासमिति सदस्यपनि सोमबार टुंगो लगाउने पाण्डेले बताए ।

त्यस्तै, संखुवासभामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दीपक खड्का जिल्ला सभापतिमा निर्वाचित भएका छन् । उनी पूर्वराज्यमन्त्री समेत हुन् ।खड्काले ११९८ पाउँदा अर्का प्रत्यासी राईबहादुर राईले १५४ मत पाए । संखुवासभामा जम्मा १३५२ मत खसेको थियो । पहिलो चरणमा अधिवेशन भइरहेका हिमाली जिल्लामध्ये अहिलेसम्म ७ जिल्लाको परिणाम सार्वजनिक भएको छ । त्यसमध्ये देउवा पक्षले ३ र पौडेल समूहले ४ जिल्ला सभापति जितेको छ ।

मनाङ, हुम्ला र ताप्लेजुङमा संस्थापन पक्षले जितेको छ भने मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा पौडेल समूहले जितेको छ ।

मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, मुस्ताङमा रोमी गौचन थकाली, रुकुम पूर्वमा केशरमान रोका र कालिकोटमा अम्मबहादुर शाही जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित : आश्विन १८, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?