दसैं तिहार लक्षित खसी बोकाको बजारमा बढ्यो चहलपहल- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं तिहार लक्षित खसी बोकाको बजारमा बढ्यो चहलपहल

दुईसातामै ४ करोडको कारोबार 
प्रदीप मेन्याङ्बो

सुनसरी — चाडबाड नजिकिँदै गर्दा धरानको कृषि उपज बजारमा खसीबोकाको खरिद बिक्रीको चहलपहल उत्साहजनक देखिएको छ । गतवर्ष ठप्प भएको कृषि बजारमा यसवर्ष बजार खुलेको दुई सातामा ४ करोड २५ लाख रुपैयाँ बढीको खसीबोकाको कारोबार भएको छ । दसैं तिहारलाई लक्षित गरेर खसीबोकाको कारोबार कृषि बजारमा असोजको पहिलो साताको शुक्रबारदेखि खोलिएको हो ।

कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्षमण भट्टराईकाअनुसार प्रदेश १ कै नमुना कृषि बजार भएकाले गएको दुईसातामा ३ हजार ६ सय ९ वटा खसीबोका बिक्री भएको छ । उनले भने, ‘दसैं तिहार नजिकिएको बेला कोरोनाको त्रासकाबीच औसत करिब ४ करोड रुपैयाँको खसीबोका बिक्री भए । तीमध्ये अधिकांस धरान, इटहरी, विराटनगर र काठमाडौंका व्यापारीले उपभोक्ताका लागि लगे ।’

पहिलो साता १ हजार ५ सय ७ वटा खोसीबोका खरिदबिक्री भएको थियो । बजारमा प्रतिकिलो ५ सय ६० रूपैयाँको दरमा बिक्री हुने गरेको छ ।

यो बजारमा भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी,मोरङका कृषकहरु कृषि उपज बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

धरान उपमहानगरपालिकाको सहयोगमा यसै बजारबाट नै निर्यातका लागि खसीबोकाको निरोगिताको प्रमाणपत्र जारी गरिने व्यवस्था मिलाइएको व्यवस्थापन भट्टराईले जानकारी दिए ।

प्रकाशित : आश्विन १७, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

ज्येष्ठ नागरिकलाई टेलिकमको नि:शुल्क सिम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नि:शुल्क सिम प्रदान गर्न थालेको छ ।

यो योजना ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि असोज १५–२५ सम्म लागू हुने टेलिकमले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप नि:शुल्क रूपमा सिम वितरण गर्न थालिएको टेलिकमको भनाइ छ । विश्वभर अक्टोबर १ का दिन उक्त दिवस मनाइन्छ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×