१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कांग्रेस धनकुटा नगरमा श्रेष्ठ

रमेशचन्द्र अधिकारी

धनकुटा — कांग्रेस धनकुटा नगर समितिको नेतृत्व टुंगो लागेको छ । नरेश श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत टुंगो लागेको हो । समितिको उपसभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ रहेका छन् । 

कांग्रेस धनकुटा नगरमा श्रेष्ठ

उपसभापतिका दुवै जना यसअघि सभापतिको दाबेदार थिए । तामाङले दाबी फिर्ता लिए पनि कर्माचार्य अन्तिम समयसम्म सभापतिको दाबेदारीको रुपमा थिए । सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सहसचिव ज्ञानेन्द्र बस्नेत र शारदा सन्तोषी राई चुनिएका छन् । कोषाध्यक्षको भने टुंगो लागेको छैन ।

नगर सभापति श्रेष्ठ धनकुटा नगरपालिका ६ का वडाध्यक्ष हुन् । गत साता औपचारिक रुपमा नगर अधिवेशन भए पनि सर्वसम्मत हुन नसक्दा स्थगित भएको थियो । सर्वसम्मत हुन नसक्दा निर्वाचन समितिले समेत राजीनामा दिए पनि जिल्ला समितिले स्वीकार गरेको थिएन । शनिबार पहिलेकै समितिबीच पदाधिकारीको टुंगो लागेको निर्वाचन समिति सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए ।

जिल्लाका सात पालिकामध्ये चौबिसे गाउँपालिकामा सबै पदाधिकारी र महालक्ष्मी नगरपालिकामा सभापति पद निर्वाचन प्रक्रियाबाट टुंगो लागेको थियो । अन्य सबैमा सर्वसम्मत नेतृत्व टुंगो लागेको जनाइएको छ । जिल्लाको ७ स्थानीय तहमा पौडेल समूह पक्ष ४ र देउवा पक्षले ३ ठाउँमा नेतृत्व हात पारेका छन् ।

सर्वसम्मत हुनेमा साँगुरीगढी गाउँपालिकाका नेपालधन राई र छथर जोरपाटी गाउँपालिकाका छत्र सुब्बा पौडेल समूहको कांग्रेस पार्टी स्रोतले जनाएको छ । यस्तै निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुवराज राया र चौबिसे गाउँपालिकाका गुणराज राई दुवै पौडेल समूहका मानिन्छन् । सर्वसम्मतबाट विजयी हुने पाख्रिवास नगरपालिकामा प्रेम भण्डारी र सहिदभूमि गाउँपालिकाका दिपेश राई छन् । राई देउवा समूहका र भण्डारी पौडेल पक्षका हुन् ।

प्रकाशित : आश्विन १६, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?