१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

स्विस राजदूतको टोली पाथीभरामा

आनन्द गौतम

ताप्लेजुङ — नेपालका लागि स्विस राजदूत एलिजावेथ वोन क्यापलरले पाथीभरा मन्दिर पुगेर फर्किएकी छन् । शुक्रबार बिहान सदरमुकाम फुङलिङबाट गएकी उनी बेलुका फर्किएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

स्विस राजदूतको टोली पाथीभरामा

राजदूत क्यापलरले जाँदा र फर्कँदा गरी १० किलोमिटर पैदलयात्रा गरेको काफ्लेले बताए । काफ्लेपाटीबाट ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिरसम्मको दूरी ५ किलोमिटर रहेको छ ।

शुक्रबार सफा मौसम भएकाले उनीहरुको टोलीले कञ्चनजंघा क्षेत्रको दृश्यावलोकन गर्नुका साथै मन्दिर परिसरको अवलोकन गरेका थिए । राजदूतको टोली सदरमुकामको मेवाखोला हिल रिसोर्टमा दुई रात बसेको होटल सञ्चालकले बताएका छन् ।

राजदूतका एक सहयोगीका अनुसार उनीहरु दूतावासको सहयोगमा इलाम र फिदिममा सञ्चालित योजनाको अनुगमनका लागि निस्किएका हुन् । इलाममा सिँचाई कुलो, पाँचथरमा झोलुङ्गे पुलको अवलोकन गरेपछि पाथीभरा पुगेर फर्कने योजना अनुसार टोली आएको उनले बताए । कोरोना संक्रमणका कारण सुनसान बनेको पर्यटकीयस्थलमा बिस्तारै चहलपहल सुरु भएको छ ।

प्रकाशित : आश्विन १६, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?