कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिता एयरले काठमाडौं–भद्रपुर–ताप्लेजुङ उडान सुरु गर्ने

आनन्द गौतम

ताप्लेजुङ — दसैं नजिकिदै जाँदा सिता एयरलाइन्सले काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–भद्रपुर, भद्रपुर–ताप्लेजुङ र ताप्लेजुङ–काठमाडौं उडान गर्ने भएको छ ।

सिता एयरले काठमाडौं–भद्रपुर–ताप्लेजुङ उडान सुरु गर्ने

यसअघिको पुरानै भाडादरमा यसै हप्तादेखि उडान सुरु गर्न लागेको एड्भेञ्चर हिमालयन ट्राभल एण्ड ट्रेक प्रालिका प्रबन्धक रणबहादुर खड्काले जानकारी दिए । उडानका लागि यो प्रालिले समन्वय गर्दै आएको छ ।

झापालगायत तराईका जिल्लाबाट पहाड जाने यात्रु समेतलाई दृष्टिगत गरी उडान सुरु गर्न लागिएको खड्काले बताए । काठमाडौंबाट ताप्लेजुङ यात्रु लिएर आएको जहाज ताप्लेजुङका यात्रु लिएर भद्रपुर जाने, भद्रपुरका यात्रु ताप्लेजुङ ल्याउने र ताप्लेजुङका यात्रु लिएर काठमाडौं जाने जनाइएको छ । यसो गर्दा ताप्लेजुङबाट काठमाडौं जाने यात्रु धेरै भए उनीहरुलाई भद्रपुर पुर्‍याएर त्यहाँबाट पनि पठाउने योजना बनाइएको छ ।

काठमाडौंबाट एक पटकमा १३ जनासम्म यात्रु ताप्लेजुङ जान पाउने छन् भने १६ जनासम्म फर्कन पाउँछन् । ताप्लेजुङ जाँदा फ्यूल भरेर जानुपर्ने भएकाले कम यात्रु अट्छन् । ताप्लेजुङ–काठमाडौंको भाडा आठ हजार रुपैयाँ छ भने ताप्लेजुङ–भद्रपुरको ४५ सय रुपैयाँ रहेको छ । नेपाल वायु सेवा निगमले पनि सातामा चार दिन काठमाडौं–ताप्लेजुङ उडान गर्दै आएको छ ।

प्रकाशित : आश्विन १६, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?