२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

उच्च अदालत विराटनगर अगाडि इँटा उद्योगीमाथि खुकुरी प्रहार

देवनारायण साह

मोरङ — उच्च अदालत विराटनगर अगाडि एकजना इँटा उद्योगीमाथि खुकुरी प्रहार भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते लामाको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उच्च अदालत विराटनगर अगाडि इँटा उद्योगीमाथि खुकुरी प्रहार

खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।

दक्षिणबाट उच्च अदालततर्फ आइरहेका मोटरसाइकलमा सवार कार्कीले कानुन व्यवसायीको ल फर्मबाट अदालतको गेट अगाडि सडकमा निस्केका लामामाथि खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कार्कीले सुरुमा लामाको हात, त्यसपछि पेटलगायतका शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको मोरङ प्रहरीले जनाएको छो ।

खुकुरी प्रहारपछि कोसी अस्पतालतर्फ भागेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लामाको कटहरी गाउँपालिका ६ मा समेत इँटा उद्योग रहेको र त्यसमै भएको विवाद अदालतमा विचाराधीन छ । मुद्दाकै सिलसिलामा आएका लामामाथि खुकुरी प्रहार भएकाले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीसीले बताए ।

प्रकाशित : आश्विन १०, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?