कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

युवतीका परिवारले शव नबुझ्ने

कान्तिपुर संवाददाता

ताप्लेजुङ — शुक्रबार बिहान मृत भेटिएकी फक्ताङलुङ–३ लिङखिमकी पुष्पा तबेबुङका परिवारले शव नबुझ्ने भएका छन् । हत्या दाबी गर्दै उनीहरूले तथ्य पत्ता नलागेसम्म नबुझ्ने बताएका हुन् ।

युवतीका परिवारले शव नबुझ्ने

‘रातिसम्म घरमै भएकी छोरीको भोलिपल्ट बिहानै कसरी मृत्यु हुन्छ ?’ पुष्पाका बुबा वीरबहादुरले भने, ‘हत्याको शंका छ । प्रहरीलाई किटानी जाहेरी दिएका छौं, छानबिन हुनुपर्छ ।’ परिवारका सदस्य नभई शव उठाउनुले पनि शंका बढाएको उनले बताए । १८ वर्षीया पुष्पा भानुजन माविमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

सदरमुकाम फुङलिङको बिहीबारेमा दिदी र आफन्तसँगै डेरा बस्दै आएकी उनको शव फुङलिङ–७ दोखु सिरानमा भेटिएको थियो । घटनास्थलमा मेटासिटको बोतल र युवतीको ज्याकेट भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आएका कसैले पनि पहिचान नगरेपछि वडा ७ का वडाध्यक्ष राजन गुरुङको रोहवरमा शव उठाएको प्रहरी निरीक्षक राकेश यादवले बताए । परिवारको आग्रहमा यादव नेतृत्वको टोलीले शनिबार बिहान परिवारका सदस्य र फक्ताङलुङ गापा अध्यक्ष सरोज एभेङलाई घटनास्थलको अवलोकन गराएका थिए ।

अध्यक्ष एभेङ घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धानलाई गति दिनुपर्ने बताउँछन् । ‘झन्डै सय मिटरमाथिबाट झर्दा शव छियाछिया हुनुपर्ने हो, रगत लतपतिएको हुनुपर्ने, त्यो देखिएन,’ घटनास्थलको अवलोकनपछि एभेङले भने । शंका गरेको व्यक्तिलाई तत्काल पक्राउ गर्नुपर्ने माग परिवारको छ । प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले पोस्टमार्टमको आधारमा छानबिन गर्ने उनले बताए । ‘हामीले कल डिटेल पनि हेरिरहेका छौं,’ यादवले भने, ‘चाँडै तथ्यको नजिक पुग्छौं ।’ यादवका अनुसार शरीरको माथिल्लो भागमा भित्री बस्त्र र तल्लो भागमा ट्राउजर लगाएको अवस्थामा शव रहेको थियो ।

प्रकाशित : आश्विन १०, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?