२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

युवती मृत फेला

आनन्द गौतम

ताप्लेजुङ — भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक युवती मृत भेटिएकी छन् । फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृत भेटिएकी हुन् । 

युवती मृत फेला

दूध पुर्‍याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भीरमा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवका अनुसार उनको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरको फेदमा थियो । ‘करिब सय मिटरमाथि अग्लो पहरो भएको ठाउँबाट तल झरेको देखिएको छ,’ प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले भने, ‘उनको ज्याकेट पहरोमा अड्किएको र घटनास्थलमा मेटासिटको बोतल भेटिएको छ ।’

मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो । झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ । शरीरभरि चोटपटक रहेको उनी बिहीबार राति १२ बजेसम्म घरमै रहेको परिवारले बताएका छन् । दिदीहरूसँगै बस्दै आएकी उनको आत्महत्या हो या कर्तव्य भन्ने विषय अनुसन्धान भइरहेको यादव बताउँछन् ।

‘अब पोस्टमार्टम रिपोर्ट पनि आउँछ र हामी कल डिटेल पनि हेर्छौं,’ यादवले भने, ‘तीन/चार दिनमा विस्तृत विवरण प्राप्त हुन्छ ।’ उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

*यसअघिको शीर्षकमा युवती मृत फेला हुनुपर्नेमा दूध पुर्‍याउन हिँडेकी युवती मृत फेला भएकोमा सच्याइएको छ ।– सम्पादक

प्रकाशित : आश्विन ९, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?